टिट्वान्टी सिरिजको तेस्रो खेलमा मलेसियासँग नेपालको हार
काठमाडौं। घरेलु टोली मलेसिया विरुद्धको महिला टिट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ। नेपाललाई १३ रनले हराउँदै मलेसियाले ५ खेलको सिरिजमा २–१ को अग्रता बनाएको हो।
वायुमास ओभल स्टेडियममा जितको लागि १ सय २१ रनको विजय लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १ रन ७ रनमा समेटियो।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर १२० रन बनायो। उसका लागि ओपनर आइना हासिमले ५८ बलमा ५ चौका प्रहार गर्दै ६१ रन जोडिन् भने मास एल्साले ३० बनाइन्।
बलिङमा नेपालका लागि कविता जोशी र कविता कुँवरले २–२ विकेट लिए। नेपालका लगि सम्झना खड्काले १८ रन र रूबि पोद्दारले ३१ रन जोडे। कविता कुँवरले १५ रन बनाउँदा कप्तान इन्दू बर्माले नटआउट २२ रन बनाइन्।
यो जितसँगै मलेसियाले सिरिजमा २–१ को अग्रता लिएको छ। यसअघि पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा नेपाल विजयी भएका थिए। अब चौथो खेल मंगलबार हुनेछ।







डिसी नेपाल







Facebook Comment