एकतर्फी सवारी संचालनको तयारीमा प्रशासन

डिसी नेपाल
१९ असोज २०८२ १३:२२
112
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सडकमा यात्रुहरुको चापलाई मध्यनजरगरी पहिरो पन्छाई एकतर्फीरुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य गरिरहेको जानकारी दिएको छ।

आइतबार एक सूचना जारी गर्दै कार्यालयले हाल मौसममा क्रमिक सुधार हुँदै गएकाले धादिङ, नुवाकोट र काठमाडौ दक्षिणकाली सडक खण्डका पहिरोहरु पन्छाएर सडक सूचारु गर्ने कार्य द्रुतगतिमा भइरहेको जानकारी दिएको हो।

विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरु, काठमाडौंबाट नुवाकोटतर्फ जाने सवारी साधनहरु र काठमाडौं दक्षिणकाली हुँदै हेटौडातर्फ जाने सवारी साधनहरुलाई पूर्णरुपमा बन्द गरिएको थियो।

अहिले विभिन्न ठाँउहरुमा पहिरो पन्छाई एकतर्फीरुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भइरहेको छ।

धादिङ, चितवन, मकवानपुर र नुवाकोट समेतका जिल्ला प्रशासन कार्यालयहरुवाट प्राप्त सूचनाको आधारमा सडकमा यात्रुहरुको चापलाई समेत मध्यनजर गरी उक्त सडकहरुमा आवागमन एकतर्फी रुपमा खुला गरिएको पनि कार्यालयले जनाएको छ।

सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक इसारा, संकेत र सूचनालाई गम्भीरतापूर्वक लिई सावधानीका साथ सवारी चलाउन कार्यालयको अनुरोध छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.