ढुंगाले लागेर महिलाको मृत्यु
काठमाडौं । काभ्रेको रोशीमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ।
आइतबार अपराह्न ४ बजेतिर रोशी गाउँपालिका–११ स्थित भैंसेमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर ५६ वर्षीया बिमलादेवी तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
बिमलादेवी घर नजिकै लुगा धुन जाने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेर मृत्यु भएको थियो। कार्कीका अनुसार प्रहरीको सहीको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment