तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा
राजविराज (सप्तरी)। जिता नदी र खाडो खोलाको बाढी बस्तीमा पस्दा सप्तरीको तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा परेका छन्।
तिलाठी कोइलाडी गाउँपालिकाका पाँचवटै वडामा बाढी पसेको छ। गाउँपालिकाका विपद् संयोजक राजेशकुमार झाका अनुसार वडा नं २ लौनियामा खाँडो खोलाको बाँध कटान हुँदा गाउँभर बाढी फैलिएको छभने वडा नं ४ रामटोलमा एक घर भत्किएको छ। वडा नं ३ सकरपुरा बस्तीमा बाढी पस्दा ७५ घर डुबानमा परेका छन्।
उनले वडा नं ७ को सरदार टोलमा जिता नदीको बाढी पस्दा १८ घरमा ठूलो क्षति पुगेको र केही परिवारलाई सुरक्षाकर्मी र स्थानीय युवाहरूले उद्धार गरी उच्च स्थानमा सारेको बताए।
वडा नं ५ बर्साइनमा बाढीले सबैभन्दा बढी क्षति पुर्याएको छ। वडाध्यक्ष ललन राउतका अनुसार उक्त क्षेत्रमा करिब २०० घरमा बाढी पसेको छ। बाढीपीडितको उद्धार कार्य भइरहेको छ।







डिसी नेपाल








Facebook Comment