हेटौंडामा बालगृहको गेटबाहिर नवजात शिशु फेला, अवस्था गम्भीर

डिसी नेपाल
२० असोज २०८२ १०:१२
300
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ स्थित ‘हाम्रो घर बालगृह’को गेटबाहिर आइतबार दिउँसो एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ।

हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेका अनुसार दिउँसो करिब १ बजे फेला परेको शिशुको उमेर करिब १२ देखि १५ दिनको बीचमा रहेको अनुमान गरिएको छ। शिशुको तौल मात्र ७५० ग्राम रहेको र अत्यन्तै नाजुक अवस्थामा भेटिएको उनले बताइन्।

शिशुलाई सुरुवाती उपचारका लागि हेटौंडा अस्पताल लगिएको भएपनि अवस्था गम्भीर देखिएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको बालगृहकी सञ्चालक इन्दिरा डल्लाकोटीले जानकारी दिइन्।

बालगृहको वार्डेनले गेटबाहिर शिशु फेला परेपछि तत्काल सम्बन्धित निकायलाई खबर गरेका थिए। त्यसपछि महिला तथा बालबालिका शाखाको समन्वयमा ‘सेफ हाउस’, ‘ओसिएमसी’ र ‘हाम्रो घर बालगृह’को संयुक्त पहलमा शिशुलाई अस्पताल पु¥याइएको हो।

शिशु फेला पर्दा उसले लगाएका लुगा तथा साथमा रहेका केही सामग्रीको फोटो सुरक्षित गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । साथै, शिशुको आमा वा आफन्तका रूपमा कुनै जानकारी हुने व्यक्तिलाई महिला, बालबालिकातथा समावेशीकरण महाशाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.