गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार
काठमाडौं। रसुवा जिल्लाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको नेपाली सेनाले उद्धार गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड–५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ। उनीहरुको खोजी तथा उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालन गरिएको थियो।
बेपत्ता भएका अन्य चार जनाके ड्रोन क्यामेरासहित सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले पाँच स्थानमा खोजीकार्य गरिरहेको निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment