एएफसी एसियन कप छनोट खेल्न भियतनाम जाने फुटबल टोलीको बिदाई
काठमाडौं। भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न भियतनाम जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरिएको छ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव टंकलाल घिसिङ र एन्फा पदाधिकारीले नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई गरेका हुन्। नेपालले भियतनामसँग असोज २३ र २८ गते दुई खेल खेल्नेछ।
नेपालले होम म्याच दशरथ रंगशालामा खेल्नुपर्ने भएपनि दशरथ रंगशाला अझै अयोग्य रहेको कारण होम र अवे दुवै खेल भियतनाममा नै खेल्न लागेको हो। बिदाइ कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एसियन कप छनोटका लागि राम्रो तयारी भएको बताए।
यसअघिको बंगलादेशसँग एक मैत्रिपूर्ण खेल राम्रो भएको भन्दै उनले भियतनामविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने उल्लेख गरे।
नेपाली राष्ट्रिय फुटबल टोलीमा आयुष घलान, कृतिश रत्न छुन्जु र सुमित महर्जन फर्किएका छन्। सनिश श्रेष्ठ र विमल पाण्डेले टोलीमा पुनरागमन गरेका छन् भने गोलकिपर विशाल सुनार यसपटकको टोलीमा समावेश भएका हुन्।







डिसी नेपाल







Facebook Comment