मेची राजमार्गको ठाउँ ठाउँमा अवरोध, खुलाउने प्रयास जारी

डिसी नेपाल
२१ असोज २०८२ १२:००
12
Shares

इलाम । लगातारको बर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गको विभिन्न खण्डको पहिरो हटाउने काम जारी छ।

सडक डिभिजन कार्यालय इलामका अनुसार मेची राजमार्गको बिब्ल्याँटेराँके खण्डमा पहिरो पन्साउने काम भइरहेको छ। बिब्ल्यॉटेबाट पुवाखोलासाखेजुङरॉके जाने राजमार्गको सानवीरे खोल्सीमा ठूलो पहिरो पन्साउने काम भइरहेको छ।

रॉकेतिरबाट मिलगोलाईसम्म गाडी आउन अवरोध छैन। तर, मिलगोलाई, बञ्चरे गोलाई र सानवीरे खोल्सीको अवरोध हटाउन केही समय लाग्ने भएको छ। बुधबार सम्म उक्त खण्ड खुल्न सक्ने अनुमान गरिएको छ।

यता, माईखोला (राजदुवाली) सडक खण्डको अवरोध हटाउन समय लाग्ने देखिएको छ। सडक डिभिजन इलाममार्फत परिचालन भइरहेका उपकरणहरुले पहिरो हटाउने कार्य गरिरहेको र यथासक्य चाँडो राजमार्ग खुलाउने प्रयास भइरहेको छ।

मेची क्षेत्रको ‘लाइफलाइन’ मानिने मेची राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध छ। झापाइलाम सीमा जोरकलशदेखि फिक्कलसम्म खास अवरोध नभएपनि गोदक, राजदुवाली, नेपालटारगायत ठाउँमा ठूला अवरोध छन्। मेची राजमार्ग झापाइलामपाँचथर र ताप्लेजुङ जोड्ने मुख्य पक्की मार्ग हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.