सवारी दुर्घटनामा दुई जनाको मृत्यु

डिसी नेपाल
२१ असोज २०८२ १३:१३
52
Shares

काठमाडौं । सिराहा र सप्तरीमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।

सिराहाको नरहा गाउँपालिका-३ स्थित सडकमा रोकी राखेको प्र.२-०४-००१ च ००३८ नम्बरको पिकअप भ्यानमा बीआर ३२ वाई ७५९९ नम्बरको मोटरसाइकल ठोक्किएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक २० वर्षीय पुरुषको व्यान गएको हो। उनको पहिचान खुल्न सकेको छैन।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो।

सप्तरी, खड्क नगरपालिका-११ बनौलीस्थित सडकमा बोदेबरसाईनबाट राजबिराजतर्फ जाँदै गरेको स.१ च १८६५ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री डाक्‍नेश्‍वरी नगरपालिका-१० बनौला बस्ने १८ वर्षीय अमन मण्डलको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.