बाजुरामा सोमबार रातिदेखि लगातार वर्षा, चिसो बढ्यो
बाजुरा । बाजुरामा सोमबार रातिदेखि लगातार वर्षा भइरहेको छ। सोमबार साँझबाट सुरु भएको वर्षा मंगलबारसम्म पनि जारी छ।
सोमबार रातिदेखि लगातार वर्षा भइरहेकोले चिसो समेत बढेको छ। लगातार वर्षा भएसँगै बाजुराका उच्च हिमाली तथा लेकाली भूभागमा हिमपातसमेत भएको छ।
बाजुराका ९ वटै स्थानीय तहमा अहिले वर्षा भइरहेको छ। विशेषगरी बडीमालिका नगरपालिका,गौमुल गाउँपालिका त्यस्तै माथिल्लो क्षेत्रका ४ वटै पालिकामा वर्षा जारी छ।
केही दिनदेखि चर्को घामले सुख्खा रहेको बाजुरामा सोमबार रातिदेखि भने लगातार वर्षा भइरहेको छ। वर्षा सुरु भएएछि स्थानीय कृषकहरू भने खुसी भएका छन्। वर्षा भएसँगै सडकखण्ड हिलाम्मे भएका छन्।
सदरमुकाम मार्तडीबाट पुर्वीउत्तरी क्षेत्रमा जाने यातायातका साधानहरूलाई सडकखण्ड चिप्लो भएपछि समस्या भएको छ। लगातार पानी परेपछि अत्यन्तै जाडो बढेकोले अहिले स्थानीय घरभित्रै आगो बालेर बसिरहेका छन्।
सदरमुकाम मार्तडी बजारमा पनि चहलपहल न्यून छ। चिसोले मानिसको आवतजावत ठप्प जस्तै छ। लगातार बर्षाका कारण बालबालिका वृद्धवृद्धा बढि प्रभावित बनेका छन्। पानी परेर चिसो बढेकोले स्थानीयलाई बाक्ला कपडा लगाएर घरभित्र बस्न आग्रह गरिएको छ।







डिसी नेपाल







Facebook Comment