टी-२० विश्वकप छनोट : नेपाली टिम कुवेतसँग खेल्दै
काठमाडौं। टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली टिम कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ।
नेपालसहित ९ देश सहभागी रहेको टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा बुधबार नेपाल कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो।
खेल आज राति ८ः४५ बजे सुरु हुनेछ। समूह ‘बी’मा नेपालसँगै कुवेत र जापान रहेका छन्।
नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ। जापान र नेपाल पहिलो पटक खेल्दै छन्। यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment