२०० वटा ग्यास सिलिण्डर लगातार २ घण्टासम्म विष्फोट
काठमाडौं । भारतला एलपी ग्यास सिलिण्डर बोकेको ट्रक र अर्को केमिकल बोकेको ट्रक एक आपसमा ठोक्किँदा ग्यासका सबैजसो सिलिण्डर वोष्फोट भएका छन् । भारतीय मिडियाले करिब २९९ ग्यास सिलिण्डर एकपछि अर्को गर्दै विष्फोट भएको बताएका छन् ।
यो दुर्घटनामा १ जनाको मृत्यु भएको छ । वोष्फोटको आवाज १० किलोमिटर टाढासम्म सुनिएको थियो र आगोको ज्वचाला २ किलोमिटर टाढासम्म देखिएको थियो । विष्फोटपछि राष्ट्रिय राजमार्ग ६ घण्टासम्म अवरुद्ध भएको थियो
राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले जयपुर-अजमेर राष्ट्रिय राजमार्गमा ग्यास सिलिन्डरले भरिएको ट्रकमा आगलागी भएको जानकारी दिएका छन्।
सीएम शर्माले इन्स्टाग्राममा पोस्ट गरे , “जयपुर ग्रामीणको मोजामाबाद प्रहरी चौकी क्षेत्रमा जयपुर-अजमेर राष्ट्रिय राजमार्गमा ग्यास सिलिन्डर बोकेको ट्रकमा आगलागी हुनु अत्यन्तै दुखद छ।”
उनले भने कि दमकल र विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा राहत र उद्धार कार्यमा संलग्न छन्। यस दुर्घटनामा भएको जनधनको क्षतिको विवरण हालसम्म खुलाइएको छैन।
मुख्यमन्त्री भजनलाल शर्माले आज भने, “मैले जिल्ला प्रशासनलाई घाइतेहरूको उपचार र दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न निर्देशन दिएको छु।”
राजस्थानकी उपमुख्यमन्त्री दीया कुमारीले पनि यस दुर्घटनाप्रति चिन्ता व्यक्त गरेकी छिन्।
दिया कुमारीले इन्स्टाग्राममा पोस्ट गरेकी छिन् , “यो अप्रत्याशित दुर्घटनामा, म भगवानसँग प्रार्थना गर्छु कि सबैजना सुरक्षित रहून् र कुनै ज्यान नजाओस्।”







डिसी नेपाल








Facebook Comment