पहिरोले बस बगाउँदा १५ जनाको मृत्यु, ८ वर्षका बालकको खोजी जारी
काठमाडौं । हिमाचल प्रदेशको बिलासपुर जिल्लामा मंगलबार पहिरोमा परी १५ जनाको मृत्यु भएको छ । पहिरोमा परेको बसमा रहेका १ जना बालक भने बेपत्ता छन् । उनको खोजी भइरहेको समाचार एजेन्सी एएनआइले जनाएको छ ।
पहिरोमा परी मृत्यु हुने १५ जनामा दुई बालबालिका र चार महिला रहेको बिलासपुरका प्रहरी उपरीक्षक (एसपी) सन्दीप धवलले बताए।
एसपी सन्दीप धवलले समाचार एजेन्सी पीटीआईलाई भने , “निजी बसमा पहाडबाट भग्नावशेष खसेको थियो। यसमा १५ जनाको मृत्यु भएको छ, जसमा ९ पुरुष, ४ महिला र दुई बालबालिका छन्। यसबाहेक स्थानीय मानिसहरू र उद्धार टोलीले दुई बालबालिकालाई उद्धार गरेको छ।”
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । मृत्यु हुनेका परिवार र घाइतेहरूलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट क्षतिपूर्ति घोषणा गरिएको छ।
प्रधानमन्त्री कार्यालयबाट एक्समा प्रकाशित एक पोस्टमा भनिएको छ, “हिमाचल प्रदेशको बिलासपुरमा भएको दुर्घटनामा भएको ज्यानको क्षतिप्रति म दुःखी छु। यस कठिन समयमा दुर्घटनाबाट प्रभावित व्यक्तिहरू र उनीहरूका परिवारप्रति मेरो समवेदना।”
“प्रधानमन्त्री राष्ट्रिय राहत कोषले प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५०,००० रुपैयाँ क्षतिपूर्ति प्रदान गर्नेछ।”







डिसी नेपाल








Facebook Comment