पेस्तोलसहित कैलालीबाट एक जना पक्राउ

डिसी नेपाल
२२ असोज २०८२ १२:१८
24
Shares

धनगढी । पेस्तोलसहित कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घोडाघोडी नगरपालिका-१ बेलार बस्ने २३ वर्षीय आकाश शाहीलाई प्रहरीले एक थान पेस्तोल र र म्याग्जिन एक थानसहित मंगलबार दिउँसो पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको भान्सा घर तलासी गर्दा पेस्तोल फेला पारेर पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.