दोलखाको झुलेमा ६ घर पहिरोको जोखिममा, ४६ जना प्रभावित

डिसी नेपाल
२२ असोज २०८२ १३:१२
8
Shares

दोलखा । लगातारको वर्षाका कारण दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेस्थित एक बस्ती पहिरोको उच्च जोखिममा परेको छ।

तीन दिनदेखि परेको अविरल वर्षापछि झुलेको पातले र सिमबारी क्षेत्रका ६ घर पहिरोको जोखिममा परेका हुन्। उक्त बस्तीका ६ परिवारका ४६ जना पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ।

वडा अध्यक्ष ईश्वरराज कार्कीका अनुसार लगातारको वर्षाका कारण जमिन चर्किन थालेपछि पहिरो खस्ने क्रम जारी छ।

प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उनले बताए। स्थानीयवासीहरू अहिले राति सुत्दा समेत भयभीत हुने अवस्था आएको बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.