बाजुरामा जिप दुर्घटना, दुई जना घाइते

डिसी नेपाल
२२ असोज २०८२ १५:३८
28
Shares

बाजुरा । बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बुधबार दिउँसो बाजुराको जगन्नाथ गाउँपालिका-१ गेडेखोलास्थित कर्णाली करिडोरमा दुर्घनामा परेको हो।

ग्यारेजमा जिप मर्मत गरि सडकमा ल्याएर चेकजाँच गर्ने क्रममा जिप एक्कासी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सुचना अधिकारी देवबहादुर चौतरीले बताए।

उनका अनुसार स्वामिकार्तिक खापरगाउँपालिका वडा नम्बर दुई बस्ने अन्दाजी २६ वर्षीय दिल बहादुर बुढाले चलाएको सु.प.प्र.०१–००१ ज १२३२ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको हो।

जिप सडकबाट करिब ७५ मिटर तल खसेको हो । दुर्घटनामा परी दुई जना घाइते भएका छन् भने चालक सकुशल रहेका छन्। घाइते हुनेमा गौमुल गाउँपालिकाका अन्दाजी १८ बर्षका सन्तोष बोहरा र वतन नखुलेका खुदिर कुमार ग्यारेजको मिस्त्री रहेका छन्।

घाइते दुबै जनाको हात,खुट्टा र टाउकोमा चोट लागेको र उपचारको लागी कोल्टी आधारभूत अस्पताल ल्याइएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.