धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

डिसी नेपाल
२२ असोज २०८२ १७:१०
52
Shares

जनकपुर । धनुषाका एसपी नरहरी रेग्मीको राजीनामा माग गर्दै जनकपुरधाम उपमहानगरपालिका २० रुपेठाका स्थानीयवासी धर्नामा बसेका छन्।

बुधबार जनकपुरधामको जनक चोकमा रुपेठाका स्थानीय हिन्दू समुदायका महिला तथा पुरुषहरु धर्नामा बसेका छन्। उनीहरूले धनुषाको एसपी राजिनामा दे, हिन्दूहरुलाई रिहा गर, हिन्दूहरुलाई फसाउन पाइँदैन लगायत लेखिएको प्लेकार्ड हातमा बोकेर विरोध जनाएका छन्।

केही दिन अघि, दुर्गा भगवतीको मुर्ती विसर्जनको क्रममा रुपेठामा हिन्दू र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको थियो। सोही बेला मुस्लिम समुदायले मुर्ती विसर्जन गर्न गएकाहरु माथि सिसाको बोतल र ढुंगा मुढाले प्रहार गरेका थिए। सो पछि आक्रोसित हिन्दू समुदायले मुस्लिम समुदायले निर्माण गरेको एउटा टहरामा आगो लगाएका थिए। धनुषा प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै केही स्थानीयहरूलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएका स्थानीयहरू निर्दोष किशोर र युवाहरू रहेको भन्दै हिन्दूवादी संगठनका अगुवाहरूले निरन्तर जनकपुरधाममा प्रदर्शन गर्दै आएका छन्। उनीहरूले पक्राउ परेकाहरूलाई बिना सर्त रिहा गर्न माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.