पूर्वसभामुख सापकोटाले गरे सरकारी गाडी फिर्ता

डिसी नेपाल
२२ असोज २०८२ १७:४२
36
Shares

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाले सरकारी गाडी फिर्ता गरेका छन्। सरकारले पूर्वपदाधिकारीलाई दिएको सवारी साधन फिर्ता गर्ने निर्णय गरेसँगै पूर्वसभामुख सापकोटाले गाडी फिर्ता गरेका हुन्।

दसैंलगत्तै कार्यालय खुलेको पहिलो दिन मंगलबार संसद् सचिवालयलाई गाडी फिर्ता गरेको सापकोटाको सचिवालयले जनाएको छ।

सापकोटाको सचिवालयले भनेको छ, ‘मन्त्रीपरिषद्को निर्णयअनुसार संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपलब्ध गराएको सवारी साधन दशैंलगत्तै कार्यालय खुलेको पहिलो दिन २०८२ असोज २१ गते मंगलबार संसद् सचिवालयलाई फिर्ता गरिएको जानकारी गराउँछौँ।’

यसअघि पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीले पनि गाडी फिर्ता गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.