दसैं अवधिमा सुदूरपश्चिममा सवारी दुर्घटनामा आठ जनाको मृत्यु
धनगढी । सुदूरपश्चिम प्रदेशमा दसैंको अवधिमा भएका सवारी दुर्घटनामा आठ जनाको ज्यान गएको छ। प्रदेशमा दसैंको समयमा एक सय २२ जना घाइते भएका छन्।
घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म प्रदेशका पाँच जिल्लामा ४९ वटा सवारीसाधन दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
सबैभन्दा धेरै कैलाली र कञ्चनपुरमा २१/२१ वटा सवारीसाधन दुर्घटनामा परेका छन्। कैलालीमा चार जनाको मृत्यु हुँदा ५४ जना घाइते भएका छन् भने कञ्चनपुरमा दुई जनाको मृत्यु भने ३७ घाइते भएका छन्।
बैतडीमा पाँच वटा सवारीसाधन दुर्घटना एकको मृत्यु भएको छ। बैतडीमा १४ जना घाइते भएका छन्। दार्चुलामा एकको मृत्यु र १० जना घाइते, डडेल्धुरामा एउटा सवारीसाधन दुर्घटनामा ७ जना घाइते भएका ट्राफिक प्रहरीले बताएको छ।
दसैंको समयमा डोटी, बाजुरा, अछाम र बझाङमा सवारीसाधन दुर्घटना नभएको पाइएको छ।







डिसी नेपाल







Facebook Comment