हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी

डिसी नेपाल
२३ असोज २०८२ १३:१७
44
Shares

काठमाडौं । हरियो फर्सी, घिरौंला र काक्रोमा अत्यधिक विषादी भेटिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विषादी अवशेष विश्लेषण रिर्पोट अनुसार बिहीवार यी तरकारीहरुमा अत्यधिक विषादी रहेको पाइएको हो।

समितिको रिर्पोट अनुसार मकवानपुरबाट चक्रविर तामाङसँग ल्याएको हरियो फर्सीमा विषादीको मात्रा अत्यधिक भेटिएकाले उपभोग अयोग्य भएको पाइएको हो। उक्त फर्सीमा ४५.५९८ प्रतिशत अर्गानो फोस्फेटको मात्रा भेटिएको समितिले जनाएको छ।

त्यसैगरी, धादिङबाट राजेन्द्र प्रसाद कानुको बारीबाट ल्याएको घिरौंलामा ६५.०३० प्रतिशत अर्गानोफोस्फेटको मात्रा पाइएको हो। काठमाडौंस्थित कानुकै बारीबाट ल्याइएको कांक्रोमा समेत ५२.९२१ प्रतिशत अर्गानोफोस्फेटको मात्रा भेटिएको हो।

समितिका अनुसार कुनैपनि तरकारीमा विषादीको मात्रा ३५ प्रतिशत भन्दा कम भएमा उपभोग योग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशत सम्म विषादी भएमा केहि दिनसम्म क्वारेन्टाइनमा राखेर उपभोग योग्य हुन्छ भने ४५ प्रतिशत भन्दा बढी विषादीको मात्रा भेटिएमा उपभोग अयोग्य मानिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.