जेनजीको जोड राष्ट्रिय एकतामा हुनुपर्छ : सुदन किराती
काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विश्व इतिहासको उदाहरण दिँदै जेनजीलाई सतर्क गराएका छन्।
उनले जेनजीमा अनुभवको कमी, आन्तरिक एकता र राष्ट्रिय ध्यानको अभावमा आन्दोलन असफल हुने जोखिम रहने बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा विश्व इतिहासमा श्रमिकहरूको पहिलो सरकार विभत्स ढंगले ७२ दिनमै ढलेको भन्दै अनुभव, आन्तरिक एकता र राष्ट्रिय ध्यानको अभावमा आन्दोलनहरू असफल हुने जोखिम रहने भन्दै जेनजीलाई सचेत गराएका हुन्।
किरातीले विश्व इतिहासमा श्रमिकहरूको पहिलो सरकार विभत्स ढंगले ७२ दिनमै ढलेको कुरा बुझ्नुपर्ने बताएका छन्। सन् १८७१ मा फ्रान्सको पेरिसमा स्थापित विश्वकै पहिलो श्रमिक शासन असफलताका हुनुमा अनुभवको कमी र पुरानो सत्ताको बलियो संयन्त्र हुनुको साथै आन्तरिक कलहले नेतृत्व विभाजित हुँदा प्रभाव पार्नुको साथै प्रतिशोधपूर्ण सोचाइ हुनु तर राष्ट्रिय एकतामा ध्यान नपुग्दा उक्त सरकार ढलेको बताएका छन्।
उनले पेरिसमा ७२ दिनमै सरकार ढलेको र हजारौं श्रमिकहरूलाई मृत्युदण्ड दिनुको साथै देशनिकालाको यातना दिएको बताएका छन्। विश्व इतिहासमा भएका घटनाहरु देखाउदै उनले जेन जीलाई ऐतिहासिक अनुभवहरूबाट सिक्दै राष्ट्रिय एकतामा जोड दिन र आन्तरिक विभाजनबाट जोगिन आग्रह गरेका छन्।







डिसी नेपाल






Facebook Comment