देश चलाउने कुरा ख्यालठट्टा होइन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति गरेर देश चलाउने कुरा ख्यालठट्टा नभएको बताएका छन्।
बिहीबार भक्तपुरको गुन्डुमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले देशको सार्वभौमिकतामाथि हमाला भइरहेको बताएका हुन्।
उनले भने, ‘देश बर्बाद पारिँदै छ । देशको अस्तित्व खतरामा छ । देशको अस्तित्व जोगाउन, देशलाई बर्बादीमा जान नदिन भ्रष्टाचारलाई रोक्नुपर्छ। गृहमन्त्रीले विभिन्न व्यक्तिहरुलाई बोलाएर फलाना–फलानाका विरुद्ध उजुरी र निवेदन हाल्नुस् भनेर माग गर्नुभएको छ । पासपोर्ट रोक्का गर्ने रे। डाँडो काट्न नहुने हो रे। सुशीला कार्कीको डरले केपी ओली भाग्छ?’
साथै उनले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छाड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताए।







डिसी नेपाल






Facebook Comment