शेयर धितोकर्जाको सिमा हटेपछि बढ्यो नेप्से

डिसी नेपाल
२३ असोज २०८२ १५:४२
48
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जामा २५ करोडको सीमा हटाएसँगै नेप्सेमा वृद्धि भएको छ।

राष्ट्र बैंकले उक्त सीमा हटाएसँगै लगानीकर्ताहरु उत्साहित हुँदा नियमित बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थियो। त्यसपछि सर्किट लागेर २० मिनेट कारोबार रोकिएपश्चात खुलेको बजार आज बढेर बन्द भएको हो। नेप्से बढेपनि कारोबार रक मभने अघिल्लो दिनको तुलनामा केही घटेको छ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २२.५९ अंक बढेर २५८२.१८ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ४.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक बढेको छ।

आज कुल ३१३ स्टकको १ करोड १८ लाख ३० हजार ७७ रुपैयाँ बराबरको ५ अर्ब २७ करोड ३२ लाख २१ हजार ४७९ कित्ता शेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधवार भने ५ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको थियो।

आज कारोबारमा आएका कम्पनीहरु मध्ये २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यसैगरी, १० कम्पनीको शेयर मूल्यमा कुनै उतारचढाव भएको छैन्।

यस दिन बिन्ध्यवासीनी हाइड्रोपावर, यशियन हाइड्रोपावर, एमबीएल इक्वीटी फण्डको मूल्य सबैभन्दा धेरै बढेको छ। बिन्ध्यवासीनी हाइड्रोपावरको शेयर मूल्य ८.२१ प्रतिशतले बढेर प्रतिकित्ता ६०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यशिन हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ५.५४ प्रतिशतले बढेर ६६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस्तै, थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.०९ प्रतिशतले घटेर प्रतिकित्ता ८०० रुपैयाँमा कारोबार भएको छ। भुगोल इनर्जीको शेयर मूल्य प्रतिकित्ता ५.४३ प्रतिशतले घटेर ६०९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.