गाई–गोरु चराउन गएका व्यक्ति मृत भेटिए
रामेछाप । सिन्धुलीको दुधौली नगरपालिका–१० कर्थाका ५१ वर्षीय लीलबहादुर सार्कीको पानीमा डुबेर मृत्यु भएको छ।
गाई–गोरु चराउन निस्किएका सार्की घर नफर्केपछि खोजी गर्ने क्रममा कमला खोलाको दहमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरीका अनुसार, बुधवार बिहान करिब १० बजे लीलबहादुर घरबाट गाई–गोरु चराउनका निस्किएका थिए।
साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारजनले खोजी कार्य थालेका थिए। खोजीको क्रममा बिहीबार बिहान घरबाट करिब सातसय मिटर पश्चिमतर्फ रहेको कमला खोलाको दहमा घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी दुधौलीबाट प्रहरी सहायक निरीक्षक कलमबहादुर शाहीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
मुचुल्का प्रक्रिया सम्पन्न गरी मृतकको शवलाई पोष्टमार्टमका लागि सिर्थौली अस्पताल पठाइएको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment