बाजुरामा सडेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

डिसी नेपाल
२३ असोज २०८२ १५:५४
68
Shares

बाजुरा । बाजुरामा सडेगलेको अवस्थामा भेटिएको बेवारिसे शवको पहिचान खुलेको छ। बुधबार बाजुराको हिमाली गाउँपालिका झुगलास्थि कर्णाली नदीमा उक्त शव फेला परेको थियो।

उक्त शव हुम्लाको चंखेली गाउँपालिका चार माथिल्लो पाली बस्ने हर्क बोहराकी अन्दाजी २० वर्षीया कर्मा बोहराको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

कर्मासँगै एक युवक केही दिनअघि घरबाट सम्पर्कविहीन भएका थिए। उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ। सोही गाउँका अन्दाजी २३ बर्षका हंस बुढाथोकीसँग कर्मा भागेकी थिइन् तर पछि दुवैजनाले सँगै कर्णाली नदीमा हाम फालेको बताइएको छ।

त्यसवेला खवर गर्दा उनको कुनै खवर नभएको तर १२ दिनपछि बाजुरामा शव भेटियो उनका आफन्तले बताए।

कर्मासँगै हाम फालेका युवक भने हालसम्म कतै नभेटिएको बताइएको छ। कोल्टी अस्पतालमा हुम्लाबाट मृतक युवतीका बुवासहित आफन्तसमेत पुगेका हुन्। उनले घाँटीमा लगाएको सिक्री र शारीरिक बनावटका आधारमा सनाखत गरिएको हो।

मृतक युवतीको शव कोल्टी अस्पतालमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.