लागुऔषध नियन्त्रण तथा पुनर्स्थापना अनुगमन समितिले गर्यो सिआन पुनर्स्थापना केन्द्रको वार्षिक अनुगमन

डिसी नेपाल
२४ असोज २०८२ १०:१९
52
Shares

हेटौंडा । मकवानपुर जिल्ला प्रशासन कार्यालयअन्तर्गत लागुऔषध नियन्त्रण तथा पुनर्स्थापनाको अनुगमन समितिले बिहीबार हेटौंडा–९ स्थित सिआन पुनर्स्थापना केन्द्रको वार्षिक अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेलको नेतृत्वमा भएको अनुगमनमा हेटौंडा अस्पताल, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, र हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधिहरू सहभागी थिए ।

अनुगमन टोलीका अनुसार सिआन पुनर्स्थापना केन्द्रले सधैंजसो सन्तोषजनक नतिजा देखाउँदै आएको छ । वर्षमा एकपटक गरिने यो अनुगमनमा जग्गाको मापदण्ड, स्वास्थ्यकर्मीहरूसँगको सहकार्य, सेवा–सुविधा, खाना, सरसफाइ, र मेडिकल व्यवस्थाको समग्र मूल्याङ्कन गरिन्छ ।

अनुगमनमा संलग्न टोलीका सदस्यहरूले मकवानपुरका सातवटा पुनर्स्थापना केन्द्रहरूमध्ये सिआन केन्द्रले सबैभन्दा राम्रो सेवा दिएको भन्दै प्रशंसा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.