अवैध कपडा र पटकासहित दुई जना पक्राउ
हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडा–१५, रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडिबाट ३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र प्रतिबन्धित पटका बरामद गरेको छ।
शुक्रबार बिहान ४:१० बजे वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म प्र ०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीमा सुरक्षा जाँचका क्रममा उक्त सामानहरू फेला पारिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गाडीका चालक रौतहट बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदिप कुमार चौधरी र सवारीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिएको छ।
गाडीको पछाडि ढालाभित्र लुकाएर राखिएका १३० थान साडी, ६९६ थान कुर्ता, १७५ थान टप्स, र १ हजार १ थान कपडाका थानहरू बरामद गरिएको छ, जसको मूल्य लगभग १४ लाख रुपैयाँ अनुमान गरिएको छ। त्यसैगरी, झण्डै २० लाख रुपैयाँ बराबरको प्रतिबन्धित झिरझिरे पटका समेत फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ







डिसी नेपाल







Facebook Comment