लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

डिसी नेपाल
२४ असोज २०८२ १२:१३
24
Shares

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

सुनसरीको कोशी गाउँपालिका-१ लौकही बजार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ चतरा बस्ने ३१ वर्षीय सनम श्रेष्ठ र कञ्चनपुर भीमदत्त नगरपालिका-६ बस्ने २० वर्षीया निरा चुनारा रहेका छन्। इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

रूकुम पश्‍चिमको त्रिवेणी गाउँपालिका-३ खारनेटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय शिशिर डाँगी र २१ वर्षीय जीवन खड्का रहेका छन्। प्रहरी चौकी झुल्नेटाबाट खटिएको प्रहरीले शिशिरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो।

यसैगरीको रूकुम पश्‍चिमको त्रिवेणी गाउँपालिका-६ बिसौनीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ बस्ने २२ वर्षीय रमेश कार्की, सोही गाउँपालिका-२ बस्ने २० वर्षीय दिपु बोहोरा र सोही गाउँपालिका-३ बस्ने ३० वर्षीय कमल पुन रहेका छन्। प्रहरी चौकी झुल्नेटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका-३ बडराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय शम्शेर शेखलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

दाङको घोराही उपमहानगरपालिका-१७ समाजसेवा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम र नगद २ हजार ५ रूपैयाँ सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ सुनपुर बस्ने २१ वर्षीय सुदर्शन पुन, सोही उपमहानगरपालिका-१५ बुद्धिग्यारेज बस्ने २५ वर्षीय शैलेश शाह, सोही उपमहानगरपालिका-१७ चौघेरा बस्ने २५ वर्षीय आलोक योगी र २३ वर्षीय स्टारजन रोका रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.