सवारी दुर्घटनामा चार जनाको मृत्यु

डिसी नेपाल
२४ असोज २०८२ १२:१६
1.5k
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

सल्यानको दार्मा गाउँपालिका-५ भिरपाटीस्थित सडकमा रा.२ प ७०२२ नम्बरको मोटरसाइकल बिहीबार साँझ दुर्घटना हुँदा चालक कुमाख गाउँपालिका-५ चिमालकाँडा बस्ने २३ वर्षीय प्रकाश घर्तीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१३ पिडारी चोकस्थित सडकमा ज.७ प ९४९० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१९ बस्ने ७० वर्षीया फुलो देवी यादवको मृत्यु भएको छ। बिहीबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ रबिपथको मेनरोडस्थित सडकमा बा.५४ प ८९९२ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो दुर्घटना हुँदा तिलोत्तमा नगरपालिका-१३ पत्थरडाँडा बस्ने पाल्पा घर भएका ४१ वर्षीय प्रकाश गाहा थापाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

नवलपरासी पश्चिम, सुनवल नगरपालिका-३ कीर्तिपुरस्थित सडकमा लु.८ प ५२८० नम्बरको मोटरसाइकललाई लु. २७ प १७० नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा लु.८ प ५२८० नम्बरको मोटरसाइकल चालक रूपन्देही देवदह नगरपालिका-११ छोटकीगुम्बी बस्ने ६० वर्षीय प्रकाश मल्लको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका लु.२७ प १७० नम्बरको मोटरसाइकल चालकको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.