वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति

डिसी नेपाल
२४ असोज २०८२ १२:३३
12
Shares

रौतहट । रौतहटमा भारी वर्षा र हावाहुरीका कारण रोपाइँ भएको धानको करिब १५ प्रतिशत क्षति भएको छ।

यस वर्ष कुल ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली मध्ये वर्षाका कारण करिब १५ प्रतिशत अर्थात १६ हजार हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको भएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ।

केन्द्रका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीका अनुसार गत असोज १७ र १८ गतेको भारी वर्षा र हावाहुरीका कारण धान संगै तरकारी, केरा, उखु र फलफूलमा समेत क्षति पुर्‍याएको छ। वर्षाबाट १.३१ प्रतिशत हेक्टर क्षेत्रफल उखु, ४ सय हेक्टर क्षेत्रफलको तरकारी, २ सय हेक्टर क्षेत्रफलमा लगाइएको केरा र २.३२ प्रतिशत हेक्टरको फलफूलमा क्षति भएको उनले जानकारी दिए। बागमती, लालबकैया,चादी , झाझ र लमाहा नदिले धानबालीमा ठूलो क्षति पुर्‍याएको हो।

यस वर्ष समयमा वर्षा नहुँदा रोपाइ चिन्तामा रहेका कृषकलाई भारी वर्षा र हावाहुरीले झन् पीडा दिएको छ। धानमा बाला लाग्ने बेला समयमा भएको वर्षाका कारण धान लडेपछि चिन्तामा रहेको कृषक रामनाथ पटेलले बताए।

यति बेला धान बाली परिपक्व हुन्छ उनले भने केहि दिन अघिको भीषण वर्षाले क्षति गर्‍यो।

अत्यधिक वर्षाले यहाका अधिकाश कृषकको धानबाली, तरकारी, उखु, केरा, फलफूलमा क्षति पुर्याएकाले विभिन्न निकाय संग सहयोगको अपेक्षा गरेका छन। यस विषयमा तीनै तहको सरकारले ध्यान दिनुपर्ने उनिहरुको माग छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.