नालीभित्र पुरुषको शव भेटियो

डिसी नेपाल
२४ असोज २०८२ १४:३६
856
Shares

दमक । झापाको दमक नगरपालिका–७ पशुहाटस्थित नालीभित्र एक पुरुषको शव फेला परेको छ।

कर्कटपाताको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र स्थानीयले आज शव देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार मृतक अन्दाजी ५५ वर्षका पुरुष रहेका र उनको पहिचान खुल्न सकेको छैन।

मृतकको दाहिने गालामा धारिलो हतियारको घाउ रहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.