कैलालीमा साथीको घाँटी छिनालेर युवक प्रहरीमा पुगेपछि…

डिसी नेपाल
२५ असोज २०८२ ९:४३
1.4k
Shares

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ।

२८ वर्षीय केशरबहादुर बुढाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार पक्राउ पर्नेमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्री रहेका छन्।

प्रारम्भिक अनुसन्धानका अनुसार, शुक्रबार राति खाजा खाने क्रममा भएको आपसी विवाद चर्किएपछि बुढाको हत्या भएको हो।

हत्यापछि मृतकको टाउको छिनाएर बोकी सुखडस्थित प्रतिखेत प्रहरी पोष्टमा आत्मसमर्पण गर्न जाँदै गर्दा उनीहरू पक्राउ परेका थिए। प्रहरीले मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखेको छ। शरीर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.