डोटीमा ईभी माइक्रो दुर्घटना : एकको मृत्यु, १८ जना घाइते

डिसी नेपाल
२५ असोज २०८२ ९:५५
12
Shares

धनगढी । डोटीमा विद्युतीय माइक्रो बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्लाको जोरायल गाउँपालिका-१ गोल्डेन भन्ने ठाउँमा भिमदत्त राजमार्ग अन्तर्गत शनिबार बिहान भएको दुर्घटनामा परी अछामको मंगलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

अछामबाट धनगडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३९५६ नम्बरको ईभी हाइस दुर्घटनामा परेको हो।

दुर्घटनामा परी घाइते हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–१२, घर भएका गाडी चालक अन्दाजी ३८ वर्षीय देब बहादुर थापा, अछामको मङ्गलसेन नगरपालिका–९ का १८ वर्षीय लोकेन्द्र रावल, सोही ठाउँका ४२ वर्षीय मेघ्या ढोली, १६ वर्षीय एकेन्द्र विक, करीव ३५ वर्षीय मोतिकला परियार, ११ वर्षीय बिराज परियार, ५३ वर्षीय भिम बहादुर ढोली रहेका छन्।

यस्तै, ११ वर्षीय सृष्टि परियार, ५ वर्षीय आहाना परियार, ५ वर्षीय एलिसा परियार, ५० वर्षीया पदमा परियार, ५ वर्षीय रिया परियार, वर्षीय १९ बिनोद परियार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा अछामको मङ्गलसेन नगरपालिका–२ र्का २३ वर्षीय रबि परियार, ३७ वर्षीय नृप ढोली, ३८ वर्षीय देवराज भाट, ३० वर्षीया मनसरी परियार र अछामकै बान्निगढी नगरपालिका–१ जयगढका ५० वर्षीया इन्द्रसरा परियार रहेका छन्।

घाइतेमध्ये लोकेन्द्र रावल, एकेन्द्र विक, मोतिकला परियार, बिराज परियार, भिम बहादुर ढोली, सृष्टी परियार, बिनोद परियार र मनसरी परियारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.