ढिस्कोमा च्यापिएर एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते
बारा । छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शरदा देवी रहेकी छिन् भने गम्भीर घाइतेहरूको नाम खुल्न सकेको छैन।
उहाँका अनुसार घटनामा परी अन्य १० जना सामान्य घाइते भएका छन्। भाइतेहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयाका ल्याइरहेको छ। घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment