केपी ओली अस्वस्थ, एमाले सचिवालय बैठक स्थगित
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। शनिबार बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको हो।
बैठक आइतबार ११ बजे बस्नेगरी सरेको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए।
यसअघि हिजो बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको थियो। हिजोको बैठकले पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि जाने निष्कर्ष निकालेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment