प्रधानमन्त्रीसहित जेनजी युवाहरु र राष्ट्रपतिबीच सोमबार छलफल हुने

डिसी नेपाल
२५ असोज २०८२ १६:४८
44
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रीसहित जेनजी युवाहरुबीचको छलफल सोमबार मात्रै हुने भएको छ।

शनिबार छलफलका लागि तयारी भएपनि राष्ट्रपतिको स्वास्थ्य अवस्थाका कारण सोमबारका लागि छलफल सारिएको हो । त्यसअघि केहि जेनजी युवाहरु शनिबार नै छलफलका लागि शितल निवास पुगेका थिए। तर अरु जेनजी युवाहरुले भने आफ्ना निकटसंग मात्रै छलफल गर्न खोजेको भन्दै शितल निवास बाहिर विरोध जनाएका थिए।

असन्तुष्ट युवाहरुले शितल निवासको गेटमा भित्रबाट आएको नाम हेर्न पाउनुपर्ने भन्दै विरोध गरेका हुन्। छलफलका लागि सरकारले छानेको सूचीमा आफुहरुको असहमति रहेको उनीहरुले जनाएका छन्। उनीहरुले निशंकुश तरिकाले आफू निकट जेनजी युवाहरुलाई मात्रै काखी च्याप्ने काम भएको गुनासो गरेका छन्।

सोमबार हुने छलफलका लागि राष्ट्रपति पौडेलसँग छलफल गर्नका लागि जेन–जी अगुवाहरु सुदन गुरुङ, मिराज ढुंगाना, प्रवेश दाहाल लगाएत २० जनाको नाम सिफारिस भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.