श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा नष्ट, करिब २६ लाखको क्षति

डिसी नेपाल
२६ असोज २०८२ ८:३२
28
Shares

मकवानपुर । मकवानपुरको बकैयागाउँपालिका–५ श्रीपुरमा भएको आगलागीले एक परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार साँझकरिब साढे ६ बजे विद्युत् सर्ट हुँदा स्थानीय शेर घिसिङको टायलको छानो भएको एकतले घरमा आगलागीभएको हो।

प्रहरी प्रवक्ता पुष्कर बोगटीकाअनुसार आगलागीका कारण घरमा रहेको खाद्यान्न, लत्ता कपडा, नगदसहित झण्डै २६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीयवासी र प्रहरीको सहयोगमा करिब ३५ मिनेटको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

विद्युत् सट भई भएको आगलागीको थप विवरण र क्षतिको पूर्ण मूल्याङ्कन कार्य भइरहेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.