काठमाडौंमा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु

डिसी नेपाल
२६ असोज २०८२ १३:०९
2.4k
Shares

काठमाडौं। काठमाडौंको कपन पैंयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको छ।

मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौं कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, “गए राति कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकमा पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए । उनको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.