पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर अपराधको जाहेरी
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरबाट जेन–जी आन्दोलन अघि दुई ट्रक पैसा लगिएको दाबी गर्ने नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध उजुरी दर्ता भएको छ। प्रचण्डको सचिवालयले सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको हो।
प्रचण्डको निवास जलाइनुभन्दा दुई दिन पहिला दुई वटा ट्रकमा दुई करोड पैसा अन्त कतै लगेर लुकाएको पूर्व एआईजी सुवेदीको आरोप थियो। झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराएर चरित्रहत्यासमेत गरिएको भन्दै सुवेदीविरुद्ध उजुरी परेको छ ।
उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत रहेको भन्दै आवश्यक कानूनी कारबाहीको माग गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल






Facebook Comment