जेनजी आन्दोलन विदेशीको डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव: दुर्गा प्रसाईँ
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि देशमा विदेशीहरुको प्रभाव बढेको बताएका छन् । उनले विदेशीहरुले नै एउटा कोठामा बसेर र डिजाइन गरेर अन्तरिम सरकार बनाएको आरोप लगाएका छन्।
सोमबार झापाबाट फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै भाद्र २३ गते दुई घन्टामात्रै जेनजी आन्दोलन भएको ठोकुवा गर्दै २३ गते १ बजेपछि आन्दोलन पूरै विदेशीको कब्जामा गएको बताए। उनले देशलाई विघटन गर्नको लागि देशका सम्पूर्ण संरचनाहरुमा आगजनी गरिएको बताए।
उनले भने,‘भाद्र २३ गतेको जेनजी आन्दोलनमा दुई घण्टा मात्र बच्चाहरुले गरेका हुन्। ११ बजेदेखि १ बजेसम्म आन्दोलन जेनजीहरुको थियो। १ बजेपछिको आन्दोलन पूरै विदेशीको कब्जामा गयो। देशको ऐतिहासिक दस्तावेज राख्ने सिंहदरबारदेखि विभिन्न सार्वजनिक संरचनाहरुमा आगो लगाइयो। देशलाई विघटन गर्नको लागि भएका संरचनाहरु सबैमा आगो लगाइयो। एउटा कोठामा आन्दोलनको डिजाइन भयो।’
सरकार डलरमा आएको भन्दै उनले नीतिगत रुपमा देश कब्जा मात्र गरेको बताए। उनले आगामी फागुन २१ गते निर्वाचन नुहने दाबी समेत गरे।







डिसी नेपाल






Facebook Comment