आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।
पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितीमा आजको बैठक बस्न लागिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पौडेलका अनुसार जेन–जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।
कांग्रेस शीर्ष नेताहरूबीच केही दिनदेखि लगातार केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे छलफल भइरहेको छ। आगामी मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावका विषयमा छलफलमा भएपनि सहमति जुट्न नसकेको छैन।
आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बसी केन्द्रीय समिति बैठकका एजेण्डालाई अन्तिम टुङ्गो लगाउने बताइएको छ। केन्द्रीय समिति बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिती रहने छ।







डिसी नेपाल






Facebook Comment