लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
काठमाडौं । लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ।
महोत्तरीको मनराशिसवा नगरपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित सोनमा गाउँपालिका-१ बस्ने ३१ वर्षीय रामभरोश यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरी समेतबाट खटिएको प्रहरीले सरपल्लोबाट भोल्हीतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा करिब १० किलो ४ सय ८२ ग्राम सहित सर्लाही हरिवन नगरपालिका-४ बस्ने २३ वर्षीय डेनिस घिसिङ समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ।
मोरङको विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-११ बस्ने २८ वर्षीया रन्जिता राय अमातलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँकेको नेपालगंज उपमहानगरपालिका-२० राँझा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ट्याब्लेट, नाईट्राभेट ४ सय १० ट्याब्लेट र स्पास्मो ३२ ट्याब्लेट सहित जाजरकोट भेरी नगरपालिका-३ स्याला बस्ने २२ वर्षीय राजन बिक समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी बिट राँझाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सुनसरीको धरान उपमहानगरपालिका-१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट र डिकोलिक ३ हजार ९ सय ९० ट्याब्लेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने ३३ वर्षीय फिरोज मोहमद र उदयपुर त्रियुगा नगरपालिका-७ बस्ने १९ वर्षीय दिपक मगर रहेका छन्। अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले धरानबाट चतरातर्फ जाँदै गरेको प्र.१-०५-००१ ह ०१४७ नम्बरको अटोमा उक्त लागूऔषध फेला पारी चालक फिरोज र अटोमा सवार दिपकलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।







डिसी नेपाल








Facebook Comment