सीके राउतबाट फुटेको पार्टीलाई आयोगले दियो मान्यता

डिसी नेपाल
२८ असोज २०८२ १५:००
28
Shares

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएको समूहले नयाँ दलको मान्यता पाएको छ।

मंगलबार निर्वाचन आयोगले जनस्वराज पार्टी (जस्वपा)लाई मान्यता दिएको हो।

पार्टीको अध्यक्षमा दीपककुमार साह छन्। जनस्वराजको झन्डा निलो, सेतो र रातो रङको ठाडो धर्का (स्ट्रीप) रहने आयोगले जनाएको छ।

जनमतले पार्टी रहेका उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सूर्यनारायण यादवलाई कारबाही गरेपछि विवाद भएको थियो।

लामो समयको विवादपछि पार्टीका केही नेताले औपचारिक रूपमा विभाजनको बाटोमा रोजेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.