दुई महिनामा भित्रियो तीन खर्ब ५२ अर्ब रेमिट्यान्स

डिसी नेपाल
२८ असोज २०८२ १७:२३
28
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा तीन खर्ब ५२ अर्ब आठ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ। गत वर्षको भदौ महिनासम्मको तुलनामा रेमिट्यान्स ३३.१ प्रतिशतले वृद्धि भएको हो।

गत वर्षको सोही अवधिमा रेमिट्यान्स १५.८ प्रतिशतले बढेको थियो। २०८२ भदौ महिनामा मात्र रेमिट्यान्स एक खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगतनयाँ वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८८४ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा संस्थागत तथा व्यक्तिगतनयाँ संख्याा ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *