राष्ट्रपति पौडेल र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

डिसी नेपाल
२९ असोज २०८२ १३:१८
20
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल बिच भेटवार्ता भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहाल जेनेभामा हुने विश्वभरका सांसदहरुको महासभा अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुँदैछन्। यो विषयमा जानकारी गराउन दाहाल सितलनिवास पुगेका हुन्।

सम्मेलनमा भाग लिन दाहाल यही ३१ असोजमा जेनेभा प्रस्थान गर्नेछन्। दाहाल नेतृत्वको टोलीमा राष्ट्रिय सभा सदस्य र कर्मचारी गरेर थप पाँच जनाले टोली जेनेभा जानेछ।

यो विषयमा गत आइतबार राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग समेत छलफल गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा आईपीयूमा उठाउने विषयमा कुराकानी भएको थियो। प्रधानमन्त्री कार्कीले बदलिएको पछिल्लो अवस्थाबारे राम्रोसँग विषय राख्न अध्यक्ष दाहाललाई सुझाव दिएकी छन्।

अन्तर्राष्ट्रिय फोरमहरूमा जानुपर्छ, नेपालको अवस्थाबारे राम्रोसँग धारणा राख्नुपर्छ’, प्रधानमन्त्रीले भनेकी थिइन्। राष्ट्रपति पौडेल सँगको भेटका क्रममा राष्ट्रिय सभाको निर्वाचनको विषयमा समेत छलफल भएको सितल निवास स्रोतले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.