धनकुटामा बस दुर्घटना : दुई जनाको मृत्यु, सात घाइते
काठमाडौं । धनकुटाको निगालेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको बस बुधबार दिउँसो दिगालेमा दुर्घटनामा परेको हो।
प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटना हुँदा महालक्ष्मी-७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment