एएफसी महिला एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा
काठमाडौं। एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग बराबरी खेलको छ।
थाइल्याण्डको चोनबुरी स्टेडियममा आज भएको समूह एफअन्तर्गतको खेलमा नेपाल र तुर्कमेनिस्तानबीचको खेल गोलरहित बराबरीमा सकियो। यससँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन्। यस बराबरी खेलसँगै नेपालको एएफसी महिला यू–१७ एसियन कप फुटबलमा पुग्ने सम्भावना कमजोर बनेको छ।
नेपालले अब समूहको दोस्रो खेल यही असोज ३१ गते थाइल्याण्डसँग खेल्नेछ। थाइल्याण्डले पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७–० को फराकिलो अन्तरले पराजित गरेको थियो। थाइल्याण्ड तीन अंकसहित तालिकाको शीर्ष स्थानमा छ। त्यसैगरी एक अंक जोडेको नेपाल दोस्रो स्थानमा छ भने दुई खेल खेलिसकेको तुर्कमेनिस्तानको एक अंक मात्र छ। तुर्कमेनिस्तान छनोटबाट बाहिरिसकेको छ।







डिसी नेपाल








Facebook Comment