वायु सेवा निगमका चिकित्सकहरुलाई निरुत्साहित नगर्न आग्रह

डिसी नेपाल
३० असोज २०८२ १२:४६
40
Shares

काठमाडौँ। न्यून सेवा, सुविधा मार्फत निगमलाई विशेषज्ञ सेवा प्रदान गरिरहनु भएका चिकित्सकहरुलाई निरुत्साहित नगर्न नेपाल वायु सेवा निगमले अनुरोध गरेको छ।
राष्ट्रिय ध्वजाबाहकप्रति सेवा भाव राखी सहयोग गरिरहनु भएका चिकित्सकहरुको बारेमा पेशागत मनोबल गिर्ने गरि गलत प्रचार नगरिदिनुहुन पनि निगमले आग्रह गरेको छ।

निगममामा आंशिक समय पालै पालो सेवा दिनेगरी ९ जना चिकित्सकहरु रहेको निगमका प्रवक्तद्धय सुवास डाँगी र मनोज कुमार साहद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

निगमले डा.अस्मिता अर्याललाई कसैको दवाब र प्रभावमा नभई कानुन बमोजिम नै सेवाका लागि नियुक्त गरिएको स्पष्ट पारेको छ।

उनलाई गलत तरिकाले नियुक्त गरिएको आरोप लागेकोप्रति खण्डन गर्दै निगमले अन्य चिकित्सकहरु सरह नै डा.अर्याललाई पेशागत विज्ञता, दक्षता र क्षमताका आधारमा सेवामा लिईएकोे स्पष्ट पारेको हो।

निगमले आफ्नो संचालनको शुरुवाती दिनहरू देखि नै कर्मचारी कल्याणकारी परियोजना अन्तर्गत आम कर्मचारीहरू र उनिहरुका निकट परिवारका सदस्यहरूको निःशुल्क तथा पाइलट, इन्जिनियर र क्याबिन क्रु लगायतका प्राविधिक जनशक्तिहरूको अनिवार्य नियमित स्वास्थ्य परीक्षण सेवा संचालनमा गर्दै आएको छ।

उडान सेवालाई प्रभावकारी, विश्वसनीय र सुरक्षित गराउन नियमित स्वास्थ्य परिक्षण अनिवार्य रहेकाले यसलाई अन्यथा नलिन पनि निगमले सबैलाई अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.