तिहारको मुखमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता, स्थानीय खुशी

डिसी नेपाल
३१ असोज २०८२ १४:१६
24
Shares

मुगु। तिहारको मुखमा मुगुको कनका सुन्दरी गाँउपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दा स्थानीय खुशी भएका छन्। १ देखि ८ वडामा रहेका वडा कार्यालय पुगेर भत्ता वितरण गर्दा सेवाग्राही खुशी भएका हुन्।

भत्ता लिन पहिला बैकंमा जानुपर्ने, लाइन बस्नुपर्ने झन्झनमुक्त भएपछि वडावासी खुशी भएका हुन्। यस पटक वडा कार्यालयमा पालिकाका कर्मचारी र बैंकका कर्मचारी आएर भत्ता बितरण गर्दा निकै सहज भएको कनका सुन्दरी गाँउपालिका७ का धन बहादुर कार्कीले बताए।

भत्ता लिनका लागि बैंकमा लाइन बस्नुपर्ने, दुई घण्टासम्म हिड्नुपर्ने वाध्यताको अन्त्य भएको तर यस बर्ष पहिलो चौमासिक भत्ता तिहारको अगाडि वडा कार्यालयबाटै पाउँदा खुशी लागेको वडा नम्बर ३ गौरीगाँउका कल्चु बुढाले बताए।

पालिकाभित्र रहेका वडाबस्ती बैंक रहेको केन्द्रसम्म पुग्न आधा घण्टादेखि पाँच घण्टासम्म लाग्ने गरेको एकल, ज्येष्ठ, अपागंता, असाहय महिलालगायतलाई सहज भएको छ।

तीन हजार १ सय ७५ लाभग्राहीको बैंक खातामा जम्मा गरिएको रकम कुमारी बैंकको सहजीकरणमा १ करोड ८५ लाख ८८ हजार ४ सय ७५ रुपैया बितरण गरिएको कनका सुन्दरी गाँउपालिका एमआइएस अपरेटर दिपेन्द्र प्रसाद उपाध्यायले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.