नयाँ पार्टी खोल्दै जेनजी अभियन्ता मिराज ढुंगाना

डिसी नेपाल
३१ असोज २०८२ १६:०७
44
Shares

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने भएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नयाँ पार्टी खोल्न लागेको जनाएका हुन्।

उनले विदेशमा भएका नेपालीले पनि भोट हाल्न पाउनुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्नेसहित एजेन्डा अघि सारेका छन्।

अब हामीले पोलिटिकल पार्टी खोल्नैपर्ने अवस्था देखेका छौँ । तर, यसको अर्थ यो होइन कि हामी अहिले भएकै अवस्थामा निर्वाचनमा जान्छौ, उनले लेखेका छन्।

पार्टी घोषणाका लागि उनले शनिबार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन आह्वान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.